गृहमन्त्री खाँणले दिए यस्तो निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटकाे छानबिन गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले गृह सचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनाेद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन दिएका हुन् ।



ललितपुरका प्रजिअ उपाध्यायका अनुसार विष्फोटमा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते र पाँच जना घाइते भएका छन् । घाइते अस्पतालमा लगिसकिएकाे प्रजिअ उपाध्यायले बताए ।अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ । अहिले प्रहरीले प्लान्टमा कार्यरत अन्य श्रमिकलाई उद्धार गरिरहेको छ ।

यो पनि पढ्नुस :

अक्सिजन प्लान्ट विस्फोटमा परी एक भारतीय नागरिकको मृत्यु, ६ जना घाइते (अपडेट)

सम्बन्धित समाचार