गुजरात र मुम्बई विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा गुजरात टाइटन्स र मुम्बई इन्डियन्स विजयी भएका छन् । शनिबार भएको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर गुजरातसँग ६ विकेटले पराजित भयो भने मुम्बईले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको हो ।

मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको थियो । बैंगलोरका लागि विराट कोहली र रजत पाटीदारले अर्धशतकीय पारी खेल्दै क्रमश: ५८ र५२ रन बनाए भने ग्लेन म्याक्सवेलले ३३ रन जोडे । गुजरातका लागि प्रदिप सङवानले २ विकेट लिए ।



गुजरात

१७१ रनको लक्ष्य लिएर मैदान उत्रेको गुजरातले १९ ओभर ३ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातको लागि राहुल टेवाटियाले अविजित रहदै ४३ र डेभिड मिलर ३९ रनमा अविजित रहे । यस्तै सुबमन गिलले ३१ बनाई आउट भए भने रिद्दिमान शाहले २९ र साई सुदर्शनले २० रन बनाए । बैंगलोरका लागि शाहबाह अहमेद र वानिन्दु डी सिल्भाले समान २-२ विकेट लिए । जितसँगै गुजरात ९ खेलमा १६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ भने १० खेलमा १० अंक जोडेको बैंगलोर पाँचौं स्थानमा रहेको छ ।

बैंगलोर

त्यसैगरी इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको हो । मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५८ रन बनाएको थियो । राजस्थानका लागि जोस बट्लरले ६७ रनको अर्धशतकीय पारी खेले भने रविचन्द्र आश्विनले २१ रन बनाए । यस्तै ड्यारल मिचेल १७ रन बनाई आउट भए भने सन्जु सामसनले १६ रदेबदुत पडिकलले १५ रन जोडे । मुम्बईका लागि हृतिक शोकेन र रिली मेरीदिथले समान २-२ विकेट लिए ।

मुम्बई

१५९ रनको लक्ष्य लिएर मैदान उत्रेको मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईको लागि सूर्यकुमार यादवले ५१ रनको अर्धशतकीय पारी खेले भने तिलक बर्माले ३५ रन बनाए । त्यस्तै इशान किशन २६ रन बनाई आउट भए भने टिम डेभिड २० रनमा अविजित रहे । राजस्थानका लागि ट्रेन्ट बोल्ट, प्रशिद्द कृष्ण, रविचन्द्र आश्विन, कुलदिप सेन र युजभेन्द्र चाहलले समान १-१ विकेट लिए ।

राजस्थान

जितसँगै मुम्बईले ९ खेलमा २ अंक जोड्दै तालिकाको पुछारमा छ भने ९ खेलमा १२ अंक जोडेको राजस्थान दोस्रो स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज आज दुई खेल हुने छन् । पहिलो खेलमा दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्ट्स भिड्दै छन् भने दोस्रो खेलमा चेन्नई सुपर किङ्ग्स र सनराइजर्स हैदरावाद आमने सामने हुने छन् ।

गुजरात

 

सम्बन्धित समाचार