नवकान्तिपुर संवाददाता
काठमाडौं, २० वैशाख ।

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रही प्रदेश १ को एक वा दुई स्थानमा हल्का वर्षाको भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग आज (मंगलबार)पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ । पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।प्रदेश १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

