टाटा सुमो र मिनिबस ठोक्किँदा ५ जनाको मृत्यु, १८ घाइते

काभ्रेपलान्चोकको रोशी गाउँपालिका–११ स्थित बिपी राजमार्गमा स्वर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

आज (बुधबार) दिउँसो भारतीय तीर्थयात्री लिएर काठमाडौँबाट भारततर्फ जाँदै गरेको युपी ५८ टी ८१८१ नम्बरको फोर्स गाडी र सिन्धुलीबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ४२१० नम्बरको टाटा सुमो बिपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका–११ स्थित बढुवेशीमा एक-आपसमा ठोक्किँदा टाटा सुमोमा सवार पाँच जनाको मृत्यु भएको हो ।



दुर्घटनामा परी मृत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका–७ बस्ने वर्ष ३० का विक्रम श्रेष्ठ, सोही नगरपालिका–४ बस्ने वर्ष ४५ का हरिबहादुर बल, सुनकोशी गाउँपालिका–१ बस्ने वर्ष ४४ का प्रमीला नेपाली, रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–८ बस्ने वर्ष ३० का सम्झना भुसाल र निजको छोरा वर्ष ६ को सङ्गीत भुसाल रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी १८ जना भएको र उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै गाडी नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको काभ्रेका प्रवक्ता डिएसपी हरि खतिवडाले बताए  ।

सम्बन्धित समाचार