प्याब्सनले आचारसंहिता पालना भए नभएको अनुगमन गर्ने

प्याब्सनले सदस्य विद्यालयहरूलाई आचारसंहिता कार्यान्वयन गर्न निर्देशन दिएको छ । कार्यान्वयन नगर्ने विद्यालयको सदस्यता नवीकरण नगर्ने जनाएको छ । प्याब्सनले प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिलाई पत्राचार गरी जेठ २० गतेभित्र आचारसंहिता पालना भए नभएको अनुगमन गर्न सबै कार्यसमितिलाई निर्देशन दिएको हो ।

प्याब्सन महासचिव आरबी कटुवालले प्याब्सनको केन्द्रीय कार्यसमितिले सबै सदस्य विद्यालयलाई अनिवार्य रूपमा आचारसंहिता पालना गर्न निर्देशन दिएको जानकारी दिए । उनले भने- ‘सबै सदस्य विद्यालयलाई नियम परिधिभित्र रहेर विद्यालय सञ्चालन गर्न यो निर्देशन दिएका हौँ ।’ देशभर करिब ७ हजार निजी विद्यालयमा एकैसाथ आचारसंहिता कार्यान्वयन गराउन प्याब्सनले यस्तो निर्देशन दिएको हो ।



प्याब्सनले आचारसंहिताको मूलभूत ११ विषय किटान गरी आचारसंहिता कार्यान्वयन गर्न निर्देशन दिएको । नयाँ शैक्षिक सत्रमा प्याब्सनका विद्यालयबीच नै अस्वस्थ प्रतिस्पर्धा हुनसक्ने भएपछि त्यसलाई सचेत गराउन आचारसंहिता जारी गर्न लागेको हो । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

 

सम्बन्धित समाचार