नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ वैशाख ।
पहिलो एकदिवसीय खेलमा नेपालले पाहुना टोली जिम्बावे ‘ए’ लाई १३७ रनको लक्ष्य प्रस्तुत गरेको छ । आज (शुक्रबार) भएको खेलमा काठमाडौँको त्रिवि क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाउँदै १३६ रनमा समेटियो ।
नेपालको लागि सोमपाल कामीले ३० रन बनाए भने करण केसीले २५ रन जोडे । त्यस्तै कुशल भुर्तेल १९ रन बनाई आउट भने भने दिपेन्द्र सिंह ऐरीले १८ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । जिम्बावे ‘ए’ को लागि ब्राड इभान्सले ४ विकेट लिए भने भिक्टर न्याउचि, ब्र्यान्डन माभुता र चेफास झुवावको भागमा समान २-२ विकेट रह्यो ।
आज नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै एकदिवसीय सिरिजमा सुखद सुरुआत गर्ने योजनाका साथ मैदान उत्रदैछ भने जिम्बावे पनि घरेलु टोली नेपाललाई पराजित गर्दै सिरिजमा जित निकाल्ने योजनामा रहनेछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो । यसअघि भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो ।