मृत अवस्थामा ११ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ११ जना फेला परेका छन् । नवलपरासी(पश्चिम), सुस्ता गाउँपालिका-४ ठोक्करस्थित नारायणी नदीको बीचमा नवलपरासी (पूर्व) कावसोती नगरपालिका-१५ सिरगंज बस्ने २३ वर्षीय ननिराम महत्तो बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

गत शनिबार माछा मार्न गएको अवस्थामा उनी बेपत्ता भएको बुझिएको छ । यता बाजुरा, हिमाली गाउँपालिका-६ धिम बस्ने ३३ वर्षीय जयलाल सार्की आफ्नै घरको ओछ्यानमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै नुवाकोट, बिदुर नगरपालिका-९ भोटेबाँसस्थित त्रिशुली खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै चितवन, भरतपुर महानगरपालिका-१ देवघाटस्थित जल देवी सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यता गोरखा, गण्डकी गाउँपालिका-६ देविस्थानस्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-६ मनोहरा खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेकी करिब ५५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् । यसैगरी काठमाडौं महानरगपालिका-१४ कलंकीस्थित रामेछाप होटल एण्ड गेस्टहाउसमा सिन्धुपाल्चोक मार्मिङ गाउँपालिका-५ घर भएका ३४ वर्षीय दावा पासाङ लामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । मंगलबारदेखि उक्त गेस्टहाउसमा बस्दै आएका उनी सुतिरहेको अवस्थामा मृत फेला परेका हुन् ।

यता पर्सा, वीरगंज महानगरपालिका-२३ प्रसौनीस्थित बाटोमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै सल्यान, कुमाख गाउँपालिका-३ चिनाली बस्ने ४० वर्षीया तिलसरी घर्ती मगर सिद्धकुमाख गाउँपालिका-४ स्थित खरबारीको गोरेटो बाटोमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । सिद्धकुमाख गाउँपालिका-४ जातेखानेस्थित विवाहमा गएर घर फर्किने क्रममा उक्त भीरबाट लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।

यस्तै सिन्धुली, दुधौली नगरपालिका-६ जगाडी बस्ने २५ वर्षीय संतोष परियार आफ्नो घरदेखि करिब ५ सय मिटर टाढा बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी रुपन्देही, देवदह नगरपालिका-१० चरङगेस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार