जिम्बावे ‘ए’ द्वारा नेपाल सामू ८८ रनको लक्ष्य प्रस्तुत

दोस्रो एकदिवसीय खेलमा पाहुना टोली जिम्बावे ‘ए’ नेपाललाई ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ । आज (शनिबार ) भएको खेलमा काठमाडौँको त्रिवि क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ‘ए’  ३१.५ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटियो ।

जिम्बावे ‘ए’ को लागि जोनाथन क्याम्पबेलले २७ रन बनाए भने ब्राड इभान्सले २० र चेफास झुवाओले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । नेपालको लागि सोमपाल कामी र करण केसीले समान ३-३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले २ र सागर ढकाल को भागमा१ विकेट रह्यो ।



जिम्बावे ‘ए’ द्वारा नेपाल सामू ८८ रनको लक्ष्य प्रस्तुत

आज नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै तीन म्याच सिरिजमा १-१ को बराबरी गर्ने योजनाम रहेको छ भने पहुला टोली जिम्बावे भने सिरिजमा २-० को अग्रता लिने योजनमा रहेको छ । हिजो भएको पहिलो एकदिवसीय खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले पराजित गरेको थियो ।आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो । यसअघि भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो ।

 

 

सम्बन्धित समाचार