बुवा -आमाको हत्या गर्ने छोरा पक्राउ

बुवा -आमाको हत्या गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । आफ्नै बुवा ७० वर्षीय बीर्ख बहादुर लिम्बु र आमा ७२ वर्षीया थिपरानी लिम्बुको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका-६ गोटी थाङ्गा बस्ने २५ वर्षीय आइतराज लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

आइतराजले आफ्नै बुवा र आमाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लेलेपबाट खटिएको प्रहरीले उनलाई खुकुरी सहित पक्राउ गरेको हो । मादक पदार्थ सेवनका कारण घटना भएको प्रारम्भिक जानकारी आएको प्रहरीले बताएको छ ।



यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार