मृत अवस्थामा ४ जना फेला

काठमाडौंसहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-९ मण्डिखाटार सुकुम्बासी टोल बस्ने ३४ वर्षीय अनुज लामा आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै बाजुरा, स्वामीकार्तिक खापर गाउँपालिका-२ छुद्दरीस्थित कर्णाली नदी किनारामा हाल नाम, थर, वतन नखुलेका करिब १६ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यता धादिङ, नेत्रावती गाउँपालिका-२ केउरा अम्बोचेच बस्ने ७३ वर्षीय माईला दर्जी आफ्नै घरदेखि करिब ३० मिटर टाढा मकै बारीमा आइतबार मृत अवस्थमा फेला परेका छन् ।



त्यसैगरी दाङ, घोराही उपमहानगरपालिका-६ लखुवार बस्ने ५६ वर्षीय टेक बहादुर भण्डारी चोरगाउँस्थित खेतबारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार