नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ वैशाख ।

इन्जिन फेल भएपछि धनगढी उडेको श्री एयरलाइन्सको विमान काठमाडौँ फर्किएको छ । आज (बुधबार) बिहान ८७ जना यात्रुसहित धनगढीका लागि उडेको विमान बायाँतर्फको इन्जिन फेल भएपछि काठमाडौं फिर्ता भएको हो ।
विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । श्री एयरलाइन्सको विमान २५ माइलमा पुगेपछि इन्जिन फेल भएको थियो ।
२२३ उडान नम्बरको विमानको प्राविधिक जाँच भैरहेको छ ।

