नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ वैशाख ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । ललितपुर, ललितपुर महानगरपालिका-८ बालकुमारी डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ३२ वर्षीय नारायण सापकोटा मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै सुनसरी, देवानगंज गाउँपालिका-४ पाल टोलस्थित मकैबारीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता बागलुङ, बागलुङ नगरपालिका-१० गलुवा बस्ने ४४ वर्षीय प्रेम बहादुर विक आफ्नै घरबाट करिब १० किलोमिटर टाढा भातेखोलाको किनारको जंगलमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
वैंशाख २० गतेदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त जंगलमा शव फेला परेको हो । यस्तै कपिलवस्तु, बिजयनगर गाउँपालिका-३ पत्थरदेहियास्थित आँपको बगैचामा सोही ठाउँ बस्ने ४५ वर्षीय माहन्त खटिक मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

