नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ वैशाख ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । कास्की, पोखरा महानगरपालिका-१६ अर्मलास्थित सडक छेउमा सोही ठाउँ बस्ने धादिङ गंगा जमुना गाउँपालिका-२ घर भएका ४५ वर्षीय पुरी लामा भन्ने पुरुष बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै नवलपरासी(पश्चिम), सुनवल नगरपालिका-१३ बडेरास्थित शिव मन्दिर नजिक बाटोको छेउमा सोही ठाउँस्थित घिउडल्ला बस्ने २२ वर्षीय श्याम प्रसाद न्यौपाने बुधबार मृत अवस्थामा फेला परेका छन् । यता काठमाडौं, गोकर्णेश्वर नगरपालिका-७ शिब चोकस्थित सटरमा हाल नाम, थर, वतम नखुलेका करिब ५५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै मकवानपुर, बकैया-२ कैलेनी भिर नजिक हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।यसैगरी गोरखा, गण्डकी गाउँपालिका-६ भुम्लिचोकस्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी ओखलढुङ्गा, चम्पादेबी गाउँपालिका-८ बिलन्दु घर भएका ५५ वर्षीय चित्रलाल धमला बुधबार मृत अवस्थामा फेला परेका छन् । स-परिवार भारतमा बस्दै आएका उनी घर फर्किएर छिमेकीको घरमा खाना खाई सुतेकोमा मृत अवस्थामा फेला परेका हुन् । यता काठमाडौं, चन्द्रागिरी नगरपालिका-१० बोसिगाउँस्थित खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष र सोही नगरपालिका-१३ पुरानो नैकाप बस्ने ४५ वर्षीय राजाराम खत्री आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

