आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी र प्रदेश १ का एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग आज (शुक्रबार) प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/ चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।



त्यस्तै आज राति प्रदेश नं १ मा सामान्य बदली र देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १ का केही स्थानहरूमा साथै बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको र कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघगर्जन / चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार