नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० वैशाख ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा मुम्बई इन्डिले विजयी भएको छ । बिहीबार राति भएको खेलमा मुम्बईले चेन्नई सुपर किङसलाई ५ विकेटले पराजित गरेको हो।
मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले १६ ओभरमा अलआउट हुँदै ९७ रनमा समेटियो । चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले अविजित रहदै ३६ रन बनाए भने ड्वाने ब्राभोले १२ र अम्बाती रायडु र शिवम डुबे समान १०-१० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । मुम्बईका लागि ड्यानियल साम्सले ३ विकेट लिए भने रिले मेरीदिथ र कुमार कार्तिक्यको भागमा समान २-२ विकेट लिए ।
९८ रनको सामान्य लक्ष्य लिएर मैदान मुम्बईले १४ ओभर ५ बलमा ५ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईको लागि तिलक वर्माले अविजित रहँदै ३४ रन बनाए भने कप्तान रोहित शर्मा र ऋतिक शोकेन समान १८-१८ रन जोड्दा टिम डेभिड १६ रनमा अविजित रहे ।
चेन्नईका लागि मुकेश चौधरीले ३ विकेट लिए । जितसँगै मुम्बई १२ खेलमा ६ अंक जोड्दै पुछारमा छ भने समान खेलमा ८ अंक जोडेको चेन्नई नवौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज रोयल च्यालेंजर्स बैंगलोर र पन्जाब किङस भिड्दै छन् ।