मतदान गरी घर फर्कने क्रममा एक वृद्धको मृत्यु

मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ । बैतडीमा मतदान गरी घर फर्कने क्रममा उनको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बैतडी, दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेको प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिए। । सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर उनको मृत्यु भएको हो ।



मतदानस्थल बाहिर पुग्ने बेला उनी मुर्छा परेर ढलेका र उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार