नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० वैशाख ।

स्याङ्जाको वालिङ-१४ अर्खलबासमा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । आज (शुक्रबार) बिहान स्याङ्जाको वालिङ -१४ को अर्खलबासमा मतदाता लिएर मतदान केन्द्र आउदै गरेको जिप दुर्घटना भएको हो ।
वालिङ–१४ को पञ्चमूल अर्खलबासस्थित भित्री सडकखण्डमा सिख्रेबाट तिवारीपसलतर्फ आउँदै गरेको ग२च ३०२६ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए । त्यस्तै घाइतेको अवस्था चिन्ताजनक रहेको छ ।
घाइतेको वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ । मृतकको सनाखत भएको छैन । जिपमा २५ जना सवार रहेको र जिप ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

