
हाल नेपालमा स्थानीय वायु र भारतको विहार, पश्चिम बंगाल आसपास रहेको न्युन चापीय रेखाको सामान्य प्रभाव रहेको छ । प्रदेश नं १, मधेश प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ।प्रदेश नं १ र मधेश प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग आज (आइतबार) प्रदेश नं १, बागमती प्रदेशमा, गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुका साथै कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज प्रदेश नं १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।प्रदेश नं १, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा साथै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुका साथै कर्णाली प्रदेश र सुदुरपश्चिमी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

