सेन्टलरेन्स कलेजका दुई शिक्षक पक्राउ

काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित सेन्टलरेन्स कलेजमा कक्षा ११ मा अध्यनरत १८ वर्षीया र १७ वर्षीया छात्रालाई बालयौन दुरूपयोग गरेको अभियोगमा सोही कलेजका २ जना शिक्षकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी घर भएका ५१ वर्षीय राजन पौडेल र कागेश्वरी नगरपालिका-८ गोठाटार बस्ने काभ्रे भुम्लु गाउँपालिका-१ घर भएका ४७ वर्षीय जनार्दन अधिकारी रहेका छन् ।



सोही कलेजको शिक्षकहरूले छात्राहरूलई दुर्व्यवहार गरेको भन्दै कलेजका विद्यार्थीहरु भेलाजम्मा भई नाराजुलुस गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर बालयौन दुरुपयोग मुद्दामा ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार