लखनउलाई पराजित गर्दै बैंगलोर क्वालिफायरमा

नवप्रवेशी टोली लखनउ सुपर जाइन्ट्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बैंगलोरले लखनउलाई १४ रनले पराजित गरेको हो ।

कोलकातामा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०७ रन बनाएको थियो । बैंगलोरका लागि रजत पटीदरले अविजित रहँदै ११२ रनको शतकीय पारी खेले भने दिनेश कार्तिक ३७ रनमा अविजित रहँदा विराट कोहलीले २५ रन बनाए ।लखनउका लागि कुर्नाल पान्डय, मोसिन खान,अभेस खान र रबि बिश्नोईले समान १-१ विकेट लिए ।



लखनउलाई पराजित गर्दै बैंगलोर क्वालिफायरमा

२०८ रनको लक्ष्य लिएर मैदान उत्रेको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९३ रन मात्र बनाउन सक्यो । लखनउका लागि कप्तान केएल राहुलले ७९ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै दिपक हुडा ४५ रन बनाई आउट भए भने मनन भोराले १९ रन जोडे । बैंगलोरका लागि जेश हाजलउडले ३ विकेट लिए भने मोहमद सिराज, हर्सल पटेल र वानिन्दु हसरंगा डी सिल्भाको भागमा समान १-१ विकेट रह्यो ।

लखनउलाई पराजित गर्दै बैंगलोर क्वालिफायरमा

अब फाइनल प्रवेशको लागि बैंगलोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग खेल्नेछ भने लखनउ भने प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको राजस्थानले एलिमिनेटरको विजेतासँग खेल्ने अवसर पाएको हो । त्यसैगरी नवप्रवेशी टोली गुजरात भने राजस्थानलाई पहिलो क्वालिफायरमा खेलमा ७ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ ।

लखनउलाई पराजित गर्दै बैंगलोर क्वालिफायरमा

लखनउलाई पराजित गर्दै बैंगलोर क्वालिफायरमा

सम्बन्धित समाचार