नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ जेठ ।

हाल नेपालमा स्थानीय वायु, भारतको विहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही प्रदेश १का एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग आज (शुक्रबार) देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका केही स्थानगरूमा मेघगर्जन / चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति प्रदेश १ र मधेस प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भू-भागका केही स्थानगरूमा मेघ गर्जन / चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

