नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ जेठ ।

काठमाण्डौं बसुन्धरामा रहेको साउथ वेष्ट्रन स्टेट कलेजले टोखा नगरपालिकाका निर्वाचित जनप्रतिनिधीहरुलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ । कलेजमा एक भव्य कार्यक्रमको आयोजना गरी जनप्रतिनिधीहरुलाई सम्मान गरिएको हो ।
साथै सोही कार्यक्रमकाबीच टोखा नगरपालिका भित्र रहेका सरकारी तथा निजी विद्यालयका प्रमुखहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा टोखा नगरपालिकाको नगरप्रमुख लगायत वडाध्यक्षहरु, प्रशासकीय अधिकृत, साउथ वेष्ट्रन कलेजका क्याम्पस प्रमुख राजेन्द्र केसी, सहायक क्याम्पस प्रमुख हरी केसी लगायत अन्य पदाधिकारीहरु र टोखा नगरपालिकाका सबै विद्यालयका प्रमुखहरु र विद्यार्थीको उपस्थिती रहेको थियो ।
त्यस्तै कार्यक्रममा टोखा नगरपालिकाको अघिल्लो पाँच वर्षे कार्यकालमा शैक्षिक विकासको कार्यहरुको समिक्षा सहित आगामी कार्यकालमा गर्नुपर्ने आवश्यक कामहरुको विषयमा पनि बृहत छलफल भएको थियो । कार्यक्रममा नगरप्रमुख उपप्रमुख शिक्षा शाखाका कर्मचारी लगायतले नगरका योजना सुनाएका थिए । उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुले महतवपूर्ण मन्तव्य दिएका थिए । सोही महत्वपूर्ण छलफलले टोखाको उपयुक्त शैक्षिक विकासको लागि साझा धारणा बनाउने काममा मद्दत पुग्ने विश्वास समेत व्यक्त गरेका थिए ।

