नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ जेठ ।

तारा एयरको जहाज सम्पर्कविहिन भएको छ । आज (आइतबार) बिहान ९:१५ बजे पोखराबाट मुस्ताङ उडेको तारा एयरको जहाज सम्पर्कविहिन भएको हो ।
तारा एयरको 9N-AET कल साइन भएको ट्विनअटर जहाजमा तीनजना चालक दलका सदस्यसहित २२ जना यात्रा रहेका छन् । जहाजमा दुई जर्मनी नागरिक, चार भारतीय र बाँकी १३ जना नेपाली नागरिक रहेको नागरिक उड्डयन कार्यालय पोखराले जनाएको छ ।
तारा एयरको ट्विनअटर विमान लेते क्रस भएर धौलागिरि मोडिएपछि सम्पर्कविहिन भएको बताइएको छ ।

