तारा एयर सम्पर्कविहिन : सरकारले गर्यो स्थानीयलाई यस्तो आग्रह

सरकारले मुस्ताङमा हराइरहेको तारा एयरको विमानको खोज तथा उद्धारमा सघाउन स्थानीय बासिन्दासँग अनुरोध गरेको छ ।

त्रिभुवन विमानस्थल कार्यालयले स्थल र हवाई मार्गबाट विमानको खोजी भइरहेको उल्लेख गर्दै मुस्ताङका सर्वसाधारणलाई हराइरहेको विमानका बारेमा जानकारी भएमा खोज तथा उद्धार समन्वय केन्द्रको फोन नम्बर ०१४११३००० मा सूचना दिन आग्रह गरेको छ ।



पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान मुस्ताङको लेतेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहिन बनेको थियो । लेतेबाट धौलागिरी हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्क हुन नसकेको प्राविधिकहरूले बताएको जानकारी दिए ।

तारा एयरको 9N-AET कल साइन भएको ट्विनअटर जहाजमा तीनजना चालक दलका सदस्यसहित २२ जना यात्रा रहेका छन् । जहाजमा दुई जर्मनी नागरिक, चार भारतीय र बाँकी १३ जना नेपाली नागरिक रहेका थिए ।

सम्बन्धित समाचार