तारा एयर विमान दुर्घटना अपडेट : १४ जनाको शव फेला

पहिचान हुन बाँकी

तारा एयरको विमान दुर्घटना हुँदा मृत्यु भएका मध्ये हालसम्म १४ जनाको शव फेला परेको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ । यद्यपि मृतकको शव भने पहिचान हुन बाँकी छ ।

चालक दलका तीन जनासहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । अन्यको यात्रु शव फेला नपरेको हुनाले खोजि कार्य जारी रहेको प्राधिकरणले जनाएको छ ।



अहिले विमान दुर्घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयवासी बिहानैदेखि उद्धार कार्यमा लागिपरेका । प्राधिकरणले एयर डाइनेष्टी, कैलाश हेलिकप्टर र फिस्टेल एयरको हेलिकप्टर विमान दुर्घटना भएको स्थलमा अवतरण गरेर उद्धार कार्य भइरहेको जानकारी पनि दिएको छ । यार्सागुम्बा सङ्कलन गर्न गएका र गोठालाले नजिकैबाट उडेको जहाज पहाडमा ठोक्किएको आवाज सुनेको खबर गरेका थिए ।विमानमा दुई जर्मनी नागरिक, चार भारतीय नागरिक, १३ नेपाली नागरिक र तीन चालकदलसहित २२ जना रहेका थिए ।

 

सम्बन्धित समाचार