नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ जेठ ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ११ जना फेला परेका छन् । झापा, गौरादह नगरपालिका-४ स्थित बाटो छेउमा सोही ठाउँ बस्ने ५० वर्षीया राधिका रिषिदेव आइतबार मृत अवस्थामा फेला परेकी हुन् ।
त्यस्तै रौतहट, गढीमाई नगरपालिका-३ लक्ष्मीपुर बस्ने अजमत अलिको छोरा ३ वर्षीय अजाद आलम घर नजिकै खेतको आलिमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यता डोल्पा, छार्काताङसोङ गाउँपालिका-४ कागकोटमा विगत १० वर्षदेखि मजदुरी गर्दै आएका रुकुम पुर्व पुथाउत्तरगंगा गाउँपालिका-९ खारवाङ घर भएका ४२ वर्षीय शुनिल खड्का सोही ठाउँस्थित सडकमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै लमजुङ, राईनास नगरपालिका-१ र २ को सिमानामा पर्ने बेसारे खोलाको किनारामा सोही नगरपालिका-२ पन्थी डाँडा बस्ने १३ वर्षीय सिशिर सेन आइतबार मृत अवस्थामा फेला परेका छन् । ५ जना साथीहरूसँग पौडी खेल्न गएको अवस्थामा उनको डुबेर मृत्यु भएको अनुसन्धानको क्रममा खुल्न आएपछि उनका ३ जना साथीलाई प्रहरीले आवश्यक सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।
त्यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-७ शिवचोक डेरा गरी बस्ने काभ्रे धुलिखेल नगरपालिका-११ घर भएकी ७५ वर्षीया कान्छी माया तामाङ सोही ठाउँस्थित बन्दै गरेको घरमा आइतबार मृत अवस्थामा फेला परेकी छन् । शनिबार बेलुकादेखि कोठामा नआएपछि खोजी गर्ने क्रममा उक्त घरको दोश्रो तलामा उनको शव फेला परेको हो ।
यसैगरी पाल्पा, रम्भा गाउँपालिका-१ अमलि बस्ने २२ वर्षीया अस्मिता बिक घर नजिकैको कालीगण्डकी नदीमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । बुधबार साँझ घरबाट हिँडेकी उनी फर्की नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । यता भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-४ कमेरोटारस्थित टहराको पेटीमा खोटाङ रावाबेशी गाउँपालिका-५ घर भएका ६० वर्षीय वीर बहादुर नेपाली शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै पर्वत, फलेबास नगरपालिका-१ पारीचौर बस्ने ३६ वर्षीया लिमा देबी जिटी आफ्नै घर नजिक पानीको कुवामा शनिबार मृत अवस्थामा फेला परेकी छन् । उता कास्की, पोखरा महानगरपालिका-२७ बगादी खोलास्थित खोलाको किनारमा सोही महानगरपालिका कोलपाटन बस्ने ४५ वर्षीय कृष्ण कुमाल आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै मोरङ, कटहरी गाउँपालिका-१ महेशपुर थानगाछीस्थित खेतमा सोही गाउँपालिका-२ आदर्श टोल बस्ने ५० वर्षीय तुलसी श्रेष्ठ आइतबार मृत अवस्थामा फेला परेका छन् । यता गुल्मी, ईश्मा गाउँपालिका-६ छहरेखोले रङ्नेपानीस्थित कुलोमा सोही गाउँपालिका-६ अमरपुर बस्ने ४९ वर्षीय डिलाराम भण्डारी आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

