टायरमा समस्या देखिएपछि भद्रपुर उडेको बुद्ध एयर काठमाडौँ फर्कियो

काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान दुर्घटनाबाट बचेको छ । आज (बुधबार) बिहान १०: ४३ बजे त्रिभुवन विमानस्थलबाट भद्रपुरका लागि उडेको जहाज टायरमा समस्या देखिएपछि काठमाडौँ फर्किएको हो ।

बुद्धको फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ विमान ११ बजेर १० मिनेटमा काठमाडौँ अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।



उक्त विमानमा ६९ जना यात्रु सवार रहेको र जहाज सकुशल अवतरण गरेर प्राविधिक जाँच भइरहेको प्रवक्ता सिटौलाले बताए ।

सम्बन्धित समाचार