नेपाल दोस्रो अभ्यास खेलमा विजयी

रोहितको शतकीय पारी

नेपाली राष्ट्रिय क्रिकेट टोली दोस्रो अभ्यास खेलमा विजयी भएको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गतको अमेरिका र ओमानसँग सिरिजका लागि अमेरिकामा रहेको नेपालले अमेरिकाको ह्युस्टन हरिकेन्सलाई २९ रनले पराजित भएको हो ।

पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा बिहीबार राति भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बलमा अलआउट हुँदै २५० रन बनाएको थियो । नेपालकोलागि रोहित कुमार पौडेलले १०१ रनको शतकीय पारी खेले आरिफ शेखले ४१ रन बनाए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले २४ रन बनाई आउट भए भने देव खनालले १९ रन जोड्दा सुनिल धमलाले १३ र करण केसी १२ रन बनाए । ह्युस्टन हरिकेन्सका मोहम्मद इलियासले ५ विकेट लिए भने हरमित सिंहको भागमा २ विकेट रह्यो ।



२५१ रनको लक्ष्य लिएर मैदान उत्रेको हरिकेन्स ४३ ओभर ३ ओभरमा अलआउट हुँदै २२१ रनमा समेटियो । हरिकेन्सका निनाद निम्बालकरले ९९ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै एन्ड्रिस गौसले २८ रन बनाई आउट भए भने रमिज राजाले २२ रन बनाए । नेपालका लागि सोमपाल कामीले ५ विकेट लिए भने किशोर महतो र सागर ढकालको भागमा समान २-२ विकेट रह्यो ।

यसअघि भएको पहिलो अभ्यास खेलमा नेपाल पूर्व खेलाडीहरुको क्लब अल स्टार्ससँग ४ विकेटले पराजित भएको थियो । लिग टू अन्तर्गतकै सिरिजका लागि नेपाली टोली अहिले अमेरिका भ्रमणमा रहेको हो । सिरिजमा नेपालले अमेरिका र ओमानसँग दुई दुई खेल खेल्नेछ । सिरिज अन्तर्गत नेपालले पहिलो खेल ओमानविरुद्ध जुन ९ मा हुनेछ भने दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा, तेस्रो खेलमा ओमानविरुद्ध जुन १४ र अन्तिम खेल अमेरिकाविरुद्ध जुन १५ मा खेल्नेछ । नेपाल १२ खेलमा ६ जित र ६ हारसहित अंक तालिकाको छैटौं स्थानमा रहेको छ ।

 

सम्बन्धित समाचार