नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ जेठ ।
नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको छ । आज (आइतबार) बसेको पार्टीको सचिवालय बैठकले हाल पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो ।
एकीकृत समाजवादीले स्वास्थ तथा जनसंख्या मन्त्रीमा भवानी खातुङ, शहरी विकास मन्त्रीमा मेटमणी चौधरी, श्रममन्त्रीमा शेरबहादुर कुँवर , संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ र स्वास्थ राज्यमन्त्रीमा हीरा केसीको नाम सिफारिस गरेको छ ।
त्यस्तै समाजवादीका नयाँ मन्त्रीहरुको नामावली बालुवाटार पुगिसकेको छ । समाजवादीबाट बन्ने नयाँ मन्त्रीहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ । यसअघि एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरुमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ रहेका थिए ।
यो पनि पढ्नुस :