नेपाल र भुटान भिड्दै

आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गतको तेस्रो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । आज (सोमबार) हुने खेल नेपाली समय अनुसार बिहान ११ बजे सुरु हुनेछ ।

मलेसियाको किनरारा ओभल मैदानमा हुने खेलमा नेपाल दोस्रो जित निकाल्ने योजना सहित मैदान उत्रदैछ भने भुटानमा पनि प्रतियोगितामा पहिलो जित दर्ता गर्ने योजनामा रहेको छ । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा युएईसँग १० विकेटले पराजित भएको थियो ।



युएईसँगको खेलमा नेपाल ८ रनमै अलआउट भएको थियो । त्यस्तै भुटानले भने पछिल्ला २ खेलमा पराजय भोगेको छ । नेपाल २ खेल १ जित र १ हारसहित २ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा छ भने समान खेलमा अंक जोड्न नसेको भुटान तालिकाको पुछारमा रहेको छ । टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । अब नेपालले चौथों खेल मंगलबार थाइल्याण्डसँग र पाँचौं खेल आगामी बिहीबार आयोजक मलेसियाविरुद्ध खेल्नेछ ।

सम्बन्धित समाचार