नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ जेठ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । बिहीबार राति भएको खेलमा नेपाल ओमानसँग ओमानसँग १३ रनले पराजित भएको हो ।
अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २११ रन बनाएको थियो ।ओमानका लागि कप्तान जिसन मक्सुदले अविजित रहँदै १०४ रनको शतकीय पारी खेले भने खवर अलिले ३० रन बनाए । त्यस्तै सोयब खानले २७ रन बनाई आउट भए भने सुरज कुमारले १२ रन जोडे । नेपालका लागि करण केसीले ५ विकेट लिए भने कप्रण सन्दीप लामिछानेले २ विकेट लिँदा सोमपाल कमीको भागमा १ विकेट रह्यो । करण सोमपाल कामी र सन्दीप लामिछानेले पछि एकदिवसीय अन्तराष्ट्रिय खेलमा ५ विकेट लिने नेपालका तेस्रो खेलाडी बनेक छन् ।
२१२ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाल ४९ ओभर ४ बलमा अलआउट हुँदै १९८ रनमा समेटियो । नेपालका लागि आरिफ शेखले ६६ रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै देव खनालले ३४ रन बनाई आउट भए भने रोहित पौडेलले २० र दिपेन्द्र सिंह ऐरीले १६ रन बनाए ।ओमानका लागि जिसन मक्सुद र खवर अलिले समान ३-३ विकेट लिए भने बिलाल खानको भागमा २ विकेट रह्यो ।
जितसँगै ओमान ३३ खेलमा ४२ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ भने १२ खेलमा १२ अंक जोडेको नेपाल छैटौं स्थानमा रहेको छ । सिरिजमा नेपालले अमेरिका र ओमानसँग दुई दुई खेल खेल्नेछ । अब नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा, तेस्रो खेलमा ओमानविरुद्ध नै जुन १४ मा र अन्तिम खेल अमेरिकाविरुद्ध जुन १५ मा खेल्नेछ ।