स्वास्थ्य राज्यमन्त्री विमला वलीमाथि छानबिन गर्न समिति गठन

लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीमाथि छनबिन गर्न एक छानबिन समिति गठन गरेको छ । आज (बुधबार) लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले वलीमाथि छनबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

आन्तरिक मामिला तथा सञ्‍चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा गरेको छानबिन समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर र मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् ।



तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेपछि मंगलबार प्रहरीले राज्यमन्त्री वलीलाई दाङबाट नियन्त्रणमा लिएको थियो । दाङबाट नियन्त्रणमा लिएको वलीलाई स्वास्थ्यमा समस्या भएको भन्दै बुटवल लगिएको छ ।

 

 

सम्बन्धित समाचार