नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असार ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज (मंगलबार) दिउँसो ३ बजेका लागि देउवाले सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक बोलाएका हुन् ।
बैठकले समसामयिक विषयमा छलफल हुने बालुवाटार स्रोतले बताएको छ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने भए पनि मन्त्रिपरिषद् सदस्य हेरफेरका कारण सोमबार बैठक बस्न नसकेपछि देउवाले आजका लागि बैठक बोलाएका हुन् ।
त्यस्तै प्रधानमन्त्रीको सचिवालयले यो बैठकलाई मन्त्रिपरिषद्को नियमित बैठक रहेको बताएको छ । बैठकमा सरकारको नियमित एजेन्डाबारे छलफल हुने बताइएको छ । आजको बैठकलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।