माओवादीको स्थायी समिति ४१ सदस्यीय, यी १५ जनाले पाए निरन्तरता (सूचीसहित)

१५ जनाको नाम टुंगियो

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले ४१ सदस्यीय स्थायी समिति गठन गरेको छ । आज (बिहीबार) काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा ४१ सदस्यीय स्थायी समिति गठन गरेको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघिका १५ पूर्व स्थायी कमिटी सदस्यतालाई निरन्तरता दिने बताए । स्थायी कमिटीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल, जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, वर्षमान पुन, मात्रिका यादव, लीलामणि पोखरेल, शक्तिबहादुर बस्नेत, हरिबोल गजुरेलरहेका छन् ।



उनले बाँकी सदस्यको टुंगो आफूले दुई-चार दिनमा लगाएर सर्कुलर पठाउने बताए । त्यस्तै माओवादीले बिहीबार नै १५६ पोलिटब्युरो गठन गरेको थियो । उनले अध्यक्ष प्रचण्डले यो बैठकबाट पदाधिकारीको टुंगो लगाउन नसकिएको भएको भन्दै २–४ दिन थप होमवर्क गर्नुपर्ने जानकारी दिए । प्रचण्डले भने, ‘अलिकति होमवर्क पुगेको छैन । म सबैको अनुहार उज्यालो हुने गरी नाम टुंगो लगाउँछु  २-४ दिन दिनसु् ।’

सम्बन्धित समाचार