नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ असार ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणीकरण गरेकी छिन् । आज (शुक्रबार) राष्ट्रपति भण्डारीले दुई विधेयक प्रमाणीकरण गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भइ आएका बिरुवा संरक्षण ऐन, २०६४ र बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीले शुक्रबार उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।
विज्ञप्ति :