नेपालले आज स्कटल्याण्डसँग खेल्दै

स्कटल्याण्डमा जारी आईसीसी पुरुष विश्वकप लिग -२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डसँग खेल्दैछ । आज (बुधबार) हुने खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।

नेपाल आज स्कटल्याण्डलाई पराजित गर्दै सिरिजमा पहिलो जित निकाल्ने योजनाका साथ मैदान उत्रदै छ । यद्यपि बलियो टोली स्कटल्याण्डलाई पराजित गर्न नेपाललाई त्यति सहज भने हुने छैन । यता स्कटल्याण्ड पनि नेपाललाई पराजित गर्दै सिरिजमा दोस्रो जित निकाल्ने दाउँमा रहेको छ ।



नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो भने स्कटल्याण्डले नामिबियालाई ७७ रनले हराएको थियो । नेपालले सिरिजमा स्कटल्याण्ड र नामिबियाविरुद्ध समान २-२ खेल्नेछ । आज स्कटल्याण्डविरुद्ध दोस्रो खेल खेल्न लागेको नेपालले , तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ मा र चौथों तथा अन्तिम खेल जुलाई १७ मा स्कटल्याण्डसँग खेल्ने तालिका छ । नेपाल १७ खेलबाट १५ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ भने २१ खेल खेलेको स्कटल्याण्ड ३० अंक सहित दोस्रो स्थानमा रहेको छ । यसैगरी १६ खेलमा १६ अंक जोडेको नामिबिया पाँचौं स्थनमा रहेको छ ।

सम्बन्धित समाचार