नेपालद्वारा स्कटल्याण्ड पराजित

स्कटल्याण्डमा जारी आईसीसी पुरुष विश्वकप लिग -२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल विजयी भएको छ । बुधबार भएको खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको हो ।

स्कटल्याण्डको टिटउड ग्लासगो मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४२ ओभर ५ बलमा अलआउट हुँदै १४४ रनमा समेटिएको थियो । स्कटल्याण्डका लागि गाभिन मेनले अविजित रहँदै ६४ रनको अर्धशतकीय पारी खेले मार्क वाटले १७ रन बनाए । त्यस्तै सफ्यान शारिफले १६ र कलुम म्याकलोडले १३ रन जोड्नु बाहेक अन्यले अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । नेपालका लागि सोमपाल कामी र आदील आलमले समान ३-३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले २ विकेट लिँदा करण केसी र दिपेन्द्र सिंह ऐरीको भागमा समान १-१ विकेट रह्यो ।



नेपालद्वारा स्कटल्याण्ड पराजित

१४५ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले २५ ओभर १ बलमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको लागि आसिफ शेखले ७१ रनको अर्धशतकीय पारी खेले भने खेले रोहित पौडेल ३४ रनमा अविजित रहे । यस्तै कुशल भुर्तेल २७ रन बनाई आउट भने भने देव खनालले ४, दिपेन्द्र सिंह ऐरीले ३ र आरिफ शेखले १ रन बनाए । स्कटल्याण्डका लागि गाभिन मेनले ३ विकेट लिए भने एड्रिन निल र रिची बेरिङटनको भागमा समान १-१ विकेट रह्यो ।

स्कटल्याण्डमाथि नेपालको यो ऐतिहासिक जित हो । स्कटल्याण्डविरुद्ध नेपालले पहिलो पटक जित निकालेको हो । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो भने स्कटल्याण्डले नामिबियालाई ७७ रनले हराएको थियो । जितसँगै नेपाल १८ खेलमा १७ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने २२ खेलमा ३० अंक जोडेको स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ ।नेपालले सिरिजमा स्कटल्याण्ड र नामिबियाविरुद्ध समान २-२ खेल्नेछ । अब नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ मा र चौथों तथा अन्तिम खेल जुलाई १७ मा स्कटल्याण्डसँग खेल्ने तालिका छ ।

सम्बन्धित समाचार