टी-२० र एकदिवसीय वरीयतामा नेपाल कुन स्थानमा छ ?

नेपाल टी-२० र एकदिवसीय वरीयताको यथावत् स्थानमा रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको टी-२० र एकदिवसीय वरीयतामा यथावत् स्थानमा रहेको हो ।

टी-२० वरीयतामा नेपाल १३ औं स्थानमा रहेको छ । यसअघि पनि नेपाल वरीयताको १३ औं स्थानमा नै रहेको थियो । आईसीसीले सार्वजनिक गरेको टी-२० को नयाँ वरीयताको शीर्ष स्थानमा भारत, इंग्ल्यान्ड दोस्रो, पाकिस्तान तेस्रो र दक्षिण अफ्रिका चौथों, अस्ट्रेलिया पाँचौं, न्युजिल्यान्ड छैटौं, वेस्ट इन्डिज सातौं, श्रीलंका आठौँ, बंगलादेश नौं र अफगानिस्तान १० औं स्थानमा रहेका छन् ।



यस्तै एकदिवसीय वरीयतामा पनि नेपाल यथावत् स्थानमा रहेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १९औँ स्थानमा रहेको हो । अघिल्लो वरियतामा पनि नेपाल १९औँ स्थानमा रहेको थियो ।आईसीसीले सार्वजनिक गरेको एकदिवसीयको नयाँ वरीयताको शीर्ष स्थानमा न्युजिल्यान्ड रहँदा इङ्गल्यान्ड दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ । त्यसैगरी पाकिस्तान चौथों, अष्ट्रेलिया पाँचौँ, दक्षिण अफ्रिका छैटौं, बङ्गलादेश सातौँ, श्रीलङ्का आठौँ, वेष्ट इन्डिज नवौँ र अफगानिस्तान दशौँ स्थानमा रहेका छन् ।

सम्बन्धित समाचार