नवकान्तिपुर संवाददाता
काठमाडौं, २ साउन ।
बलिउड अभिनेता सोहेल खान र सीमा खानको सम्बन्धमा दरार आएको छ । विवाह गरेको २४ वर्षपछि सोहेल र सीमा सम्बन्धविच्छेद गर्न लागेका हुन् ।
उनीहरुले सन् १९९८ मा विवाह गरेका थिए । दुवैले अदालतमा सम्बन्धविच्छेदका लागि निवेदन दिएका छन् । यी दुईलाई मुम्बईको परिवार अदालत बाहिर देखिएको थियो । सोहेल खान र सीमा लामो समयदेखि अलग बस्दै आएको बताइएको छ । सीमा र सोहेलले आफ्नो सम्बन्धविच्छेदको बारेमा आधिकारिक बयान भने जारी गरेका छैनन् ।
सोहेल र सीमाका दुई सन्तान निर्वाण र योहान छन् । सोहेल र सीमाको पहिलो भेट ‘प्यार किया तो डरना क्या’ को सुटिङका क्रममा भएको थियो । त्यतिबेला सीमा मुम्बईमा बस्दै फेसन डिजाइनिङमा करियर बनाउँदै थिइन् । भेटपछि उनीहरुले विवाह गर्ने निर्णय गरेका थिए ।
सीमाको परिवारले उनीहरुको विवाहलाई स्वीकार गरेन र सोहेल र सीमाले घरबाट भागेर आफ्ना नजिकका साथीभाइ र आफन्तहरूको उपस्थितिमा गोप्य रूपमा विवाह गरेका थिए ।