एआईजी पोखरेलले दिए राजीनामा

नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । आज (सोमबार) एआईजी पोखरेलले राजिनामा दिएका हुन् ।

उनले प्रहरी प्रधान कार्यालयमा पुगेर प्रशासन विभागमा राजीनामा बुझाएका हुन् । सर्वोच्च अदालतले गत असार ३१ पोखरेलले दायर गरेको रिट खारेज गर्दै प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नै निरन्तरता दिने फैसला सुनाएको थियो ।



पोखरेलले वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । गत वैशाख १८ गतेको मन्त्रिपरिषद्को बैठकले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वैशाख १९ गते सिंह प्रहरी प्रमुख भएसँगै पोखरेलले बिदामा बसेका थिए ।

सम्बन्धित समाचार