नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ साउन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । आज (मंगलबार) माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा प्रचण्ड र भट्टराईबीच भेटवार्ता भएको हो ।
भेटमा वैकल्पिक गठबन्धन निर्माण गर्ने विषयमा छलफल चलिरहेको स्रोतले बताएको छ । त्यस्तै दुई नेताबीचको छलफलपछि माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमै दिउँसो ४ बजे नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल र वामदेव गौतमसँग पनि छलफल गर्ने तयारी गरिएको छ ।
यसअघि दाहाल र भट्टराईबीच उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा पनि छलफल भएको थियो ।