पहिलो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी

इंग्ल्यान्डविरुद्धको पहिलो एकदिवसीयमा खेलमा पाहुना टोली दक्षिण अफ्रिका विजयी भएको छ । मंगलबार राति भएको खेलमा दक्षिण अफ्रिकाले घरेलु टोली इंग्ल्यान्डलाई ६२ रनले पराजित गरेको हो ।

पहिलो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी



इंग्ल्यान्डको रिभरसाइड ग्राउन्ड चेस्टर लि स्ट्रिटमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३३३ रन बनाएको थियो । दक्षिण अफ्रिकाको लागि रस्सी भान डार डुसनले १३४ रनको शतकिय पारी खेले भने एडिन मार्कम्यान र जानेमन मालनले अर्धशतकीय पारी खेल्दै क्रमश: ७७ र ५७ रन बनाए । त्यस्तै डेभिड मिलर २४ रनमा अविजित रहे । इंग्ल्यान्डका लागि लियाम लिभिङस्टोनले २ विकेट लिए ।

पहिलो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी

३३४ रनको लक्ष्य लिएर मैदान उत्रेको इंग्ल्यान्ड ४६ ओभर ५ बलमा अलआउट हुदै २७१ रनमा समेटिएको थियो । इंग्ल्यान्डका लागि जोए रुट र जोनी बेस्ट्रोले अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । रुटले ८६ रन बनाए भने बेस्ट्रोले ६३ रन जोडे। यस्तै जेसन रोय ४३ रन बनाई आउट भए भने साम करनले १८ रन बनाए । दक्षिण अफ्रिकाका लागि एनरिक नोर्कियाले ४ विकेट लिए भने ताब्रेज साम्सी र एडम मार्कम्यानको भागमा समान २-२ विकेट रह्यो ।

पहिलो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी

जितसँगै तीन खेलको सिरिजमा दक्षिण अफ्रीकाले १-० को अग्रता लिएको छ । यसैगरी बेन स्टोक्सको बिदाइ भने सुखद रहन सकेन । उनको बिदाई खेलमा घरेलु टोली पराजित हुन पुग्यो । एकदिवसीय अन्तराष्ट्रियबाट सन्यास लिएका स्टोक्सको मंगलबारको खेल अन्तिम एकदिवसीय खेल हो ।

पहिलो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी

पहिलो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी

पहिलो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी

सम्बन्धित समाचार