भीम रावलले रोष्टम कब्जा गरेपछि…

नेकपा एमाले सांसद भीम रावलले सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको भए पनि त्यससम्बन्धी पत्र नपठाइएको भन्दै पत्र पठाउन सरकारलाई रुलिङ गर्न माग गर्दै रोष्टम कब्जा गरेका छन् । आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा एसपीपी सहभागी नहुने पत्र पठाउन सरकारलाई रुलिङ गर्न माग गर्दै रोष्टम कब्जा गरेका हुन् ।

प्रतिनिसभाको बैठकमा बोल्दै रावलले यसअघि नै गृहमन्त्री बालकृष्ण खाँण र परराष्ट्रमन्त्री नारायण खड्काले एसपीपीमा सहभागी नहुने भन्ने जानकारी गराइसकेको बताउँदै सांसद रावलले सदनमार्फत सरकारलाई रुलिङ गर्न माग गरे । बैठकमा उनले मन्त्रिपरिषदले एसपीपीमा सहभागाी नहुने निर्णय गरिसकेको अवस्थामा पत्राचार गर्न कसले र किन रोकेको भन्दै उनले लगातार सदनमार्फत सरकारलाई रुलिङ गर्नुपर्ने माग जारी राख्दै रोष्टम कब्जा गरेका थिए ।



त्यसपछि सभामुखको ड्यासमा अध्यक्षता गरेकी सत्या पहाडीले पटक–पटक सांसद रावललाई आशन गर्न आग्रह गरे पनि सांसद रावलले मानेनन् । उनी एसपीपीमा सहभागी नहुने पत्र पठाइ सदनलाई जानकारी गराउपर्ने माग रोष्ट्रममै उभिइरहे । त्यसपछि सभामुख अग्नि सापकोटा ड्यासमा आएर रावलले उठाएको विषयमा ध्यानाकर्षण भएको बताउँदै उनले उठाएको कुरा विषयान्तर भएको बताउँदै रावललाई आफ्नो सिटमा गएर बस्न आग्रह गरे । तर रावल पछि हटेनन् र रोष्ट्रममै रहेर अमेरिकालाई पत्र लेख्नका लागि रुलिङ गर्न माग गरिरहे ।

बैठकमा, ग्लोबल ग्रिनग्रोथ इस्टिच्यूटको सहभागितामूलक सदस्यको रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल भइरहेको थियो । सो प्रस्तावमा सांसदहरुहरु शक्तिबहादुर बस्नेत र पूर्णाकुमारी सुवेदीले आफ्नो धारणा राखेका थिए । उक्त प्रावधानमाथिको छलफलमा सहभागी हुने क्रममा रावलले एसपीपी सम्झौताको विषयमा प्रवेश गरेर सरकारलाई रुलिङ गर्न माग गरेका हुन् ।

 

सम्बन्धित समाचार