नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ साउन ।
जर्मनी महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा जर्मनीले अष्ट्रियालाई २-० ले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
जर्मनीलाई विजयी गराउन लिना मागुल र एलेक्जेन्ड्रा पपले समान १-१ गोल गरे । एकतर्फी बनेको खेलमा खेलको २५ औं मिनेटमा मागुलले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफको ९० औं मिनेटमा पपले गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाइन् ।
त्यसपछि थप समयमा दुबै टोलीबाट गोल भएन र खेल जर्मनीले २-० ले आफ्नो पक्षमा पार्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्यो । अब सेमिफाइनलमा जर्मनीले फ्रान्स र नेदरल्यान्ड्सबीचको विजेतासँग खेल्नेछ ।