नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ साउन ।
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (बिहीबार) संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेबाट बैठक सुरु भएको हो ।
आजको बैठकमा प्रधामन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पति भएको नेपाल विशेष सेवा विधेयक, २०७६’ छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने, गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको समसाद सचिवालयले जनाएको छ
त्यसपछि बैठकमा विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । यस्तै बैठकमा गृहमन्त्री खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियो भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यसैगरी बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक, २०७६ माथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ ।
भिडियो –
भिडियो साभार -House of Representatives Nepal प्रतिनिधि सभा नेपाल