नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ साउन ।
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (आइतबार) संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेबाट बैठक सुरु भएको हो ।
आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको कारागार विधयेक, २०७६ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने र त्यसपछि ‘कारागार विधेयक, २०७८ पारित गरियोस् भनी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने, शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।
भिडियो –
भिडियो साभार – House of Representatives Nepal प्रतिनिधि सभा नेपाल