नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ साउन ।
घरेलु टोली वेस्ट इन्डिजविरुद्धको एकदिवसीय अन्तराष्ट्रिय सिरिज भारतले जितेको छ । आइतबार राति भएको खेलमा वेस्ट इन्डिजलाई २ विकेटले पराजित गर्दै भारतले एक खेल अगाबै सिरिज जितेको हो । भारतले ३ खेलको सिरिज २-० ले आफ्नो पक्षमा पारेको हो ।
क्विन्स पार्क ओभल ट्रीनीडाडमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३११ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि शाई होपले १ सय १५ रनको शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै कप्तान निकोलस पुरनले ७४ रनको अर्धशतकीय पारी खेले भने केली मेर्यसले ३९ र शामरन ब्रुक्सले ३५ रन जोडे । भारतका लागि शार्दुल ठाकुरले ३ विकेट लिए भने दीपक हुडा, युजभेन्द्र चाहल र अक्सर पटेलको भागमा समान १-१ विकेट रह्यो ।
३१२ रनको लक्ष्य लिएर मैदान उत्रेको भारतले १९.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । भारतका लागि अक्षर पटेल, श्रेयस ऐयर र सन्जु सामसनले अर्धशतकीय पारी खेल्दै क्रमश: ६४,६३ र ५४ रन बनाए । यस्तै शुभमन गिल ४३ रन बनाई आउट भए भने दीपक हुडाले ३३ रन जोडे । वेस्ट इन्डिजका लागि अल्जारी जोसेप र केली मेयर्सले समान २-२ विकेट लिए भने जेडेन सेल्स , रोमारियो शेफर्ड र अकेल हुसेनको भागमा समान १-१ विकेट रह्यो । यी दुई टोलीबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल बुधबार हुनेछ ।