यी अभिनेताले तिर्छन् सबैभन्दा बढी कर

आयकर विभागले दियो सम्मान पत्र

अक्षय कुमार बलिउड इन्डस्ट्रीका व्यस्त कलाकार मध्येका एक हुन् । अक्षयसँग फिल्मको लाइन लाग्ने गरेको छ । योसँगै अक्षय सबैभन्दा बढी कर तिर्ने अभिनेता पनि बनेका छन् । विगत ५ वर्षदेखि सबैभन्दा बढी कर तिर्ने अक्षयले यसपटक पनि मनोरञ्जन क्षेत्रमा सबैभन्दा बढी कर तिरेका छन् ।

बढी करतिरेपछि उनलाई आयकर विभागले सम्मान पत्र पनि दिएको छ । अक्षय अहिले यूकेमा टिनु देसाईसँग आफ्नो आगामी फिल्मको सुटिङमा व्यस्त छन् । अक्षयले यो वर्ष कति कर तिरेका छन् भन्ने कुरा भने खुलाइएको छैन ।



अक्षय वर्षमा कम्तिमा ३-४ फिल्ममा देखिन्छन्, जुन प्रायः उच्च बजेटको हुन्छ । यस बाहेक उनले धेरै विज्ञापनबाट पैसा कमाउँछन् र धेरै कर तिर्छन् । अक्षय कुमार छिट्टै फिल्म ‘रक्षा बन्धन’ मा देखिनेछन् । यसबाहेक उनीसँग ‘रामसेतु’, ‘सेल्फी’, ‘कठपुतली’ र ‘ओएमजी २’ जस्ता फिल्म पनि छन् ।

सम्बन्धित समाचार