नवकान्तिपुर संवाददाता
काठमाडौं, १० साउन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले चार देशका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न मुलुकका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शर्मिला पराजुली (ढकाल)लाई स्पेनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन् भने मिलनराज तुलाधर रूसी महासंघका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएका छन् ।
त्यस्तै प्रा.डा. राम स्वार्थ राय डेनमार्कका लागि नेपालको आवासीय राजदूत नियुक्त भएका छन् भने भारतका लागि राजदूत आवासीय राजदूत डा. शंकरप्रसाद शर्मालाई भुटानका लागि समेत गैरआवासीय नेपाली राजदूत नियुक्त गरिएको छ राष्ट्रपतिको कार्यालयद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।