निर्वाचनमा सिट बाँडफाँटको विषयमा यसो भने शेखर कोइरालाले

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनमा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी भएको स्थान र लोकप्रिय मतलाई आधार मानी सिट बाँडफाँट गर्नुपर्ने बताएका छन् ।

बुधबार नेपाल प्रेस युनियन पर्साद्वारा वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । कोइरालाले काँग्रेसले नेकपा माओवादी केन्द्रले भने जस्तो आसन्न निर्वाचनमा सिट बाँडफाँट गर्न हुँदैन भने । उनले भने ‘सङ्घीयतालाई कार्यान्वयन गर्न प्रदेशलाई अधिकार सम्पन्न बनाउन र प्रधानमन्त्रीको नेतृत्वमा रहेको मुख्य मन्त्रीहरूको आयोगको बैठकलाई नियमित बसाइ अधिकार बाँडफाँटका मुद्दालाई अगाडि बढाउन जरुरी छ ।



त्यस्तै उनले नेपाली काँग्रेसलाई कम क्षति हुने गरी चुनावी तालमेल गर्ने विषयमा छलफल भइरहेको बताए । कोइरालाले स्थानीय तहको निर्वाचनमा पनि सबैभन्दा बढी स्थानीय तहमा जित हासिल गरेको र सबैभन्दा पुरानो पार्टी भएको कारण पनि काँग्रेसलाई कम क्षति हुने गरी गठबन्धन कायमै रहने दाबी गरे ।

सम्बन्धित समाचार